काठमाडौंः पश्चिमाञ्चलका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो २ बजेर ४३ मिनेटको समयमा कास्की, लम्जुङ र गोरखासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लम्जुङलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प गएको हो ।