बिराटनगर असार २४ , तेह्रथुम जिल्लाको जिल्ला अस्पतालमा ब्लड बैंक नहुदा बिमारीहरुलाई समस्या पर्दै आएको छ । जिल्लामा ब्लड बैंक नहुदा बिमारीहरुलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको अस्पताल प्रमुख चुमनलाल दासले बताउनुभयो । विभिन्न कारणले बिमारीलाई रगत आवश्यक पर्दा बिमारीहरु रगत नपाएर छट्पटीने गरेको दुखेसो उनले पोखे । रगत आवश्यक पर्ने बिमारीको जिल्ला मै उपचार गर्न कठिन हुने गरेको अस्पतालले बताएको छ।