मोरङ, असार २४
मोरङको थलाहा-८ बलुवाई बस्ने एक पुरुषले आफ्नै छोरामाथी धारिलो हतियार प्रहार गरेका छन।
स्थानीय सोडिया सरदारले घरायसी वाद विवादमा आफ्नै छोरा सत्रुघन सरदारलाई धारिलो हतियारले प्रहार गरी घाइते बनाएका हुन्।
घाइतेको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने अभियुक्त सोडीया सरदार जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ।