भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न

<span class='c1'>भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा</span> <span class='c2'>विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न</span>

बिनु तिम्सिना,विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ ।

भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय तथा सरिता तुलाधर र जीवन बोगटी तृतीय हुनुभयो । साहित्यकार राधिका गुरागाईं र मीनकुमार नवोदितको निर्णायक समितिले पुरस्कृत कविहरुको नाम घोषणा गरेको हो । भानुजयन्तीका अवसरमा भानु कला केन्द्रले हरेक वर्ष प्रतियोगितात्मक कविगोष्ठी र सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । त्यस्तै कवि लावण्य सापकोटा, गोकुल अधिकारी, दिङ्लाली कान्छो, हरि कट्टेल, देवी पन्थी, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, रमेशचन्द्र अधिकारी, लगायतले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो ।

वरिष्ठ साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, विराट साहित्य संगमका अध्यक्ष ऋतु आशिक, आयोजक संस्थाकी अध्यक्ष माया पौडेल, सहसचिव प्रचण्ड पौडेललगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्