हात्तीमुढा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा

हात्तीमुढा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा

बिनु तिम्सिना,विराटनगर : मोरङको हात्तीमुढा गाविसलाई खुला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएको छ ।

शुक्रबार एक समारोहको आयोजना गर्दै हात्तिमुढा गाविसलाइ खुल्ला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएको हो । हात्तीमुढाका १ हजार ८ सय ७४ घरधुरीमध्ये सबै घरधुरीमा शौचालय निर्माण गरी सकेपछि गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको हो । यस्तै १ हजार ८ सय ७४ घरधुरीका १२ महिनादेखि २३ महिनासम्मका २ सय ९ जना बालबालिकालाई पूर्णखोप लगाएपछि पूर्णखोप सुनिश्चित भएको गाविससमेत घोषणा गरिएको हो । हात्तीमुढासँगै मोरङमा खुल्ला दिसामुक्त गाविसको संख्या २० पुगेको छ भने पूर्णखोप सुनिश्चित भएको गाविसको संख्या ३६ पुगेको छ । यसैगरी मोरङका २ वटा नगरपालिका र विराटनगर उपममहानगरपालिका पनि पूर्णखोप सुनिश्चित भइसकेका छन् ।

कार्यक्रममा बोल्दै मोरङका जनस्वास्थ्य प्रमुख भानु येङ्देनले खुल्ला दिसामुक्त र पूर्णखोप सुनिश्चित गाविस घोषणा हुँदैमा ढुक्क भएर बस्न नहुने बताउनुभयो । कार्यक्रममा हात्तीमुण गाविसलाई खुला दिसामुक्त र पूर्णखोप सुनिश्चित भएको घोषणा गर्न सहयोग पु¥याउने स्वयंसेविका लगायत विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्