१० दिने जुत्ताचप्पल बनाउने तालिम सम्पन्न

<span class='c1'>१० दिने जुत्ताचप्पल</span> <span class='c2'>बनाउने तालिम सम्पन्न</span>

बिनु तिम्सिना,विराटनगर : जिल्ला विकास समिति मोरङले सञ्चालन गरेको १० दिने जुत्ताचप्पल बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ ।

विराटनगरस्थित ११ नम्बर वडा कार्यालयमा सञ्चालित तालिममा विराटनगरको वडा नम्बर १८ र ११ का १८ जना महिला सहभागि भएका थिए । गरिबसँग बिश्वेश्वर कार्यक्रम अन्र्तगत तालिम सञ्चालन गरिएको जिविस मोरङका जिल्ला समन्वयकर्ता सुबोध निरौलाले जानकारी दिनुभयो । विपन्न वर्गलाई लक्षित गरेर सञ्चालन गरिएको तालिमले उनीहरुलाई स्वरोजगार बनाउन मद्दत मिल्ने उहाँले बताउनुभयो ।

सहभागिलाई चम्पा नेपालले प्रशिक्षण दिनुभएको थियो । तालिम समापनको दिन सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्