लोकल गाडीमा नन स्टप बोर्ड राख्न नपाईने

<span class='c1'>लोकल गाडीमा नन स्टप</span> <span class='c2'>बोर्ड राख्न नपाईने</span>

झापा, असार २४

झापामा अव लोकल गाडीमा नन स्टपको वोर्ड राखेर चलाउन नपाईने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा जिल्लाका विभिन्न यातायात व्यवसायी संघ संगठनहरुसंग आज भएको छलफलबाट लोकल बसहरुमा ननस्टप लेखेर चलाउन नपाईने सहमती भएको हो।

सहमती कार्यान्वयन स्वरुप यातायात व्यवसायी संघ संगठनहरु उपस्थितीमा ट्राफिक प्रहरीले आज ५० भन्दा बढी त्यस्ता सवारी साधनहरुमा लगाइएको ननस्टपको वोर्ड झिकेका छन्।

पहिलो चरणमा काकडभिट्टा बसपार्कबाट धरान, विराटनगरकालागी छुट्ने त्यस्ता बसहरुबाट वोर्ड झिकिएको र सम्बद्ध यातायात व्यवसायी संघ संगठन तथा चालक, सहचालकहरुलाई सो कार्यमा सहयोग गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनु भयो।

पूर्वपश्चिम तथा मेची राजमार्ग अन्तरगत लामो तथा मध्यम दुरीको यातायातहरुमा यात्री झुक्याउने उदेश्यले लोकल गाडीमा ननस्टपको वोर्ड राखेर चलाएको कारण यात्रीहरुले हैरानी व्यहोर्नु परेको गुनासो आएपछि उक्त कार्यको थालनी गरिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्