गाई मार्ने मन्सुरी प्रहरी फन्दामा

<span class='c1'>गाई मार्ने मन्सुरी</span> <span class='c2'>प्रहरी फन्दामा</span>

राजविराजः गौहत्या गरेर फरार भनिएका कासिम मन्सुरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी, बैरवा गाविस–५ का ५५ वर्षीय मन्सुरीलाई उनको घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।

मन्सुरीलाई २०७२ साल साउनमा गौहत्या गरेको आरोप लगाइएको छ । अन्य फरार अभियुक्तको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुई वर्षदेखि वन मुद्दामा फरार कञ्चनरुप नगरपालिका–९ की ३५ वर्षीया लक्ष्मी चौधरीलाई समेत प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

चौधरीलाई २०७१ सालमा जिल्ला अदालत राजविराजले वन मुद्दाको आरोपमा १० हजार ४२० जरिवाना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्