बिराटनगर असार २६ , मोरङको रंगेलीमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । ट्राफिक नियम उलङघनका घटना बढेपछि अस्थायी ट्राफिक प्रहरी पोष्टले रंगेली बजारमा सवारीसाधन धनीलाई ट्राफिक नियम र जरिवानाबारे सचेतना कार्यक्रम आयोजना गरेको छ। यसका साथै बजार क्षेत्रमा ट्राफिक नियम सम्बन्धि बोर्ड राख्ने , ट्राफिक नियम बारे पर्चा र माइकिङ गर्ने कार्यक्रम सुरु गरेको छ ।