बेतनामा साहित्यकारको जमघट

बेतनामा साहित्यकारको जमघट

बेलबारी । कवि अनिल पौडेलद्धारा लिखित “अतितको विस्कुन” नामक पुस्तकको चर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
मोरङको बेलबारीस्थित बेतना सिमसारमा शुक्रवार भएको साहित्यिक कार्यक्रममा कविहरुले आफना कविता समेत वाचन गरेका छन । कवि पौडेलको तेस्रो संस्करणका रुपमा पौडेलले प्रकाशन गरेको सो पुस्तकमा लेखकले भोगेका यथार्थ घटनाहरुलाई समेटिएको छ । बेलबारी साहित्य बिकास समिति बेलबारीले आयोजना गरेको सो कार्यक्रम भाषाबिद् डा. टंक न्यौपानेको प्रमुख आतिथ्यता तथा समितिकी अध्यक्ष रेखा सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्