नक्कली सुन सहित चार जना पक्राउ

<span class='c1'>नक्कली सुन सहित</span> <span class='c2'>चार जना पक्राउ</span>

दोलखा- नक्कली सुन सहित जिल्ला प्रहरी कार्यलय दोलखाले चार जनालाई पक्राउ गरेको छ। नक्कली एक किलो सुन देखाई रु १५ लाख ठगी गर्ने सिन्धुपाल्चोकका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो। सिन्धुपाल्चोक गाती– ७ का दावा ग्याल्जेन शेर्पा र गोपाल श्रेष्ठ, बाह्रबिसे –४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोही घटनामा थप चार देखि पाँचजना फरार छन्। गत वैशाख २१ गते भीमेश्वर नगरपालिका –७, जिलु घर भई हाल भीमेश्वर नगरपालिका– १ बसपार्कमा फेन्सी व्यवसाय गरी बसेकी मेनुका चौलागाईंलाई प्रलोभनमा पारी अभियुक्ते रु १५ लाख ठगी गरेको दोलखा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए।

प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरी दोलखा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ। अभियुक्त सङ्गठित सुन तस्करीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरुविरुद्ध सङ्गठित ठगीको महल अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्