मोरङ, असार २७
मोरङको विराटनगर-३ स्थित विराट नर्सिङ होम नजिकै आइतबार नम्वर नखुलेको स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।
घाइते हुनेमा को १९ प ३२०२ नम्बरको मोटरसाइकलका चालक सोही स्थान बस्ने प्रल्हाद बस्नेत घाइते भएका हुन्।
घाइते बस्नेतको विराट नर्सिङ होममा उपचार भइरहेको छ भने ठक्कर दिने स्कारपियोको प्रहरीबाट खोजी भइरहेको छ।