धरानमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

धरानमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सुनसरी, असार २७

सुनसरीको धरानमा अपरान्ह ट्रकले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा को २४ प ७३६७ नम्बरको स्कुटरका चालक धरान-१६ बस्ने द्वारिकानाथ श्रेष्ठ छन। श्रेष्ठलाई आज अपरान्ह ३ बजे धरान उपमहानगरपालिका ८ भोटेपुलमा धरानबाट ईटहरीतर्फ जादै गरेको ना ५ ख ६३६६ नम्बरको ट्रकले ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते श्रेष्ठलाई उपचारकालागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो। ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

त्यसैगरी सुनसरीको बराहक्षेत्रमा आज तिर्थयात्री चढेको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

बराहक्षेत्र मन्दिर दर्शन गरेर चतरातर्फ फर्कदै गरेको को १ ज ४४४ नम्बरको जीप अपरान्ह १६१५ बजे बराहाक्षेत्र १ स्थित चिप्ले खोला भन्ने स्थानमा सडक किनारको भित्तामा ठोक्किंदा उक्त जीपमा सवार १३ मध्ये ५ जना घाइते भएका छन।

घाइते सबैको अवस्था सामान्य रहेको छ। उनीहरुलाई उपचारकलागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ।

जीपसहित चालकलाई इलाका प्रहरी कार्यालय चतरामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्