झापा गौरीगन्जबाट ६७० जनाले नागरिकता लिए

झापा गौरीगन्जबाट ६७० जनाले नागरिकता लिए

काँकडभिट्टा / इलाका प्रशासन कार्यालय गौरीगन्जबाट ६७० जनाले नागरिकता लिएको तथ्याङ्कले देखाएको छ ।

झापाको दक्षिणी सीमावर्ती गाविस गौरीगन्जमा २०७२ साल चैत २६ गते गौरादह नगरपालिकाका साथै खजुरगाछी, गौरीगन्ज, कोरोबारी, बैगुनधुरा र माहाभारा गाविसभित्र बसोबास गर्ने स्थानीयवासीलाई लक्षित गरी स्थापना गरिएको कार्यालयबाट यही असार १५ गतेसम्ममा नागरिकता दिलाइएको हो ।

इप्रका गौरीगन्जले नागरिकता, राहदानी, नाबालक परिचयपत्र, उजुरी, शान्तिसुरक्षा, बजार अनुगमन र सीमा निरीक्षणजस्ता काम गर्दै आएको छ ।

इप्रकाका शाखा अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार यही असार १५ गतेसम्ममा ४४१ जनाले नागरिकताको प्रतिलिपि र सात जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । नाबालक परिचयपत्र १५ जना र द्रुत राहदानी सिफारिस ११६ जनाले लिएको आचार्यले बताए ।

यसैगरी ४८० जनाले नयाँ राहदानी लिएका छन् । संस्था नवीकरण दुई तथा ठाडो उजुरी निवेदन १६ जनाको परेको छ । हाल झापामा सदरमुकाम चन्द्रगढी, दमक र गौरीगन्ज प्रशासनबाट नागरिकता, राहदानी लगायत सेवा प्रदान भइरहेको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्