जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर जथाभावी सडकमा फ्याकेको भन्दै कारवाही

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर जथाभावी सडकमा फ्याकेको भन्दै कारवाही

बिराटनगर असार २६ ,  जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर मैलाको उचित व्यवस्थापन नगरी सिरिन्ज र औषधिजन्य सामग्री जथाभावी सडकमा फ्याकेको भन्दै विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । सर्वसाधारणलाई जनस्वास्थ्यमा प्रत्यक्षरुपमा असर गर्ने गरी फोहरजन्य सामग्री सडकमा आइतबार फ्याकिरहेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको थियो ।

विराटनगरको फोहरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट प्रालि जेभीका सञ्चालक सदस्य देवी आचार्यले बजार अनुगमन गरिरहेको बेला विराटनगरको देवकोटा चोकमा रहेको जनस्वास्थ्य कार्यालयले फोहर फ्याकेको हो । विराटनगर उपमहानगरपालिकाका फोहरमैला व्यवस्थापन शाखाका प्रमुख हीरालाल यादवले जनस्वास्थ्य जस्तो कार्यालयले फोहर व्यवस्थापनमा गम्भीर नभएको उल्लेख गर्दै कार्यालयलाई आइतबारनै उपमहानगरपालिकाले स्पष्टीकरण सोधेको जानकारी दिनुभयो ।

सडकमा फ्याकिएका फोहरमा अधिकांश सिरिन्ज, प्याड थिए । उपमहानगरपालिकाको नगर प्रहरी घटनास्थलमा बोलाएर फोहर फाल्ने सहयोगी कर्मचारीलाई उपमहानगरपालिका कार्यालय पु¥याइएको थियो । फोहरमैला शाखा प्रमुख हीरालाल यादवले जथाभावी फोहर गर्नेलाई ऐनअनुसार रु एक लाखसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको बताउनुभयो ।

जनस्वास्थ्यलाई स्पष्टीकरण सोधिएको छ यादवले चित बुझ्दो जवाफ आएन भने रु एक लाखसम्म जरिवाना गर्न सकिन्छ । वेस्ट मेनेजमेन्टले केही दिनदेखि जथाभावी फोहर फ्याक्ने विरुद्ध बजार अनुगमन तीव्र पारेको छ । नगरक्षेत्रलाई फोहरमुक्त बनाउने अभियानअनुरुप वेस्ट मेनेजमेन्टले तत्कालै कारबाही गर्ने नीति लिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्