चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै दमकस्थित आम्दा अस्पतालको सेवा ठप्प

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै दमकस्थित आम्दा अस्पतालको सेवा ठप्प

झापा, २७ असार 

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकको परिवारले दमकस्थित आम्दा अस्पतालको सेवा ठप्प पारेका छन् ।

हिजो सल्यक्रिया मार्फत प्रसुती गराइएकी झापाको मेचीनगर ८ की २१ वर्षीया सृजना बास्तोलाको आज बिहान मृत्यु भएको हो । सुत्केरीको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाही भएको भन्दै सेवा ठप्प पारेपछि बिहानै देखी अस्पताल परिसर असामान्य बनेको छ । मृतकका श्रीमान निरोज बास्तोलाले चिकित्सकको लापरबाहीले गर्दा श्रीमती गुमाउनु परेको बताउनुभयो । अस्पतालको सेवा सुचारु गर्ने विषयमा अस्पताल प्रशासन र मृतकको परिवारबीच वार्ता जारी रहेको छ । बास्तोलाले जन्म दिएकी छोरीको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्