बिराटनगर असार २८, बिराटनगर उपमहानगरपालिकाले सम्झौता गरेको फोहोर मैलाको ठेक्का रद्द गर्न स्थानीय विकास मन्त्रालयले निर्देशन दिएको छ। पाँच वर्षको लागि ६ करोड ८४ लाखमा वेस्ट म्यानेजमेन्ट प्रालिले पाएको ठेक्का रद्द भएको हो । बोलपत्र बुझाउने मिति भन्दा पछाडि बिराटनगर उपमहानगरपालिकाले लिएको हुनाले ठेक्का रद्द भएको हो । मन्त्रालयको सचिवस्तरीय निर्णयले ठेक्का रद्द गरेर सार्वजनिक खरिद एेन २०६३ , सार्वजनिक खरिद नियमावली २०६४ र स्थानीय निकायको आर्थिक प्रशासन २०६४ अनुसार नयाँ टेन्डरमा जान मन्त्रालयले निर्देशन दिएको छ।