सहयोगी मन भएका हातहरुप्रति सहयोगको याचाना

सहयोगी मन भएका हातहरुप्रति सहयोगको याचाना

राजघाट २८ असार
मानव जीवनमा अनेकौ समस्या, र्दुघटना आइपर्छ तर कहिले कुन बेला आइपर्छ कसैलाई थाहा हुन्न उखान नै छ “दशा कहिलै बाजा बजाएर आउदैन” बास्तब मै सहि हो ।
माथीका वाक्य संग मेल खान गएको समस्या भानौ या र्दुघटना । मोरङको उर्लाबारी नगरपालिका वार्ड नम्बर ९ भुसी स्थित स्थाइ बसोवास गर्दै आएका ३३ वर्षिय सुरेन्द्र धिमाललाई पर्न गएको छ । सुरेन्द्र घरायसी काम गर्दा गर्दै ब्लड प्रेसरका कारण अचानक लड्न गएको छिमेकी राजेन्द्र धिमालले बताउछन । थप्दै सुरेन्द्रको पुर्ण चेकजाँच पछि टाउकोमा ब्लड जमेको रिर्पोट आए संगै तत्काल अप्रेशन गर्नु पर्ने डाक्टरको भनाइ छ । र हाल बिरामी बिराटनगर स्थित बिराट नर्सिङ होम बेड नम्बर ७ आइ सि यु मा रहेको अबस्था छ । आज असार २८ गते सम्म आइपुग्दा बिरामी अस्पताल पुराएको ३ दिन भएको बिरामी कुरुवा याम बहादुर धिमालले जाकारी दिए । डाक्टरको भनाई अनुसार उपचार सम्भब छ तर रकम भने ४ लाख लग्ने बताए । यतिका रकम कसरी कहाँबाट ल्यउने भन्ने सवालमा दिनानु दिन विरामीको स्यास्थ्य बिग्रीदो अवस्था भएको परिवारले जानकारी दिए । पारीवारीक अवस्था नाजुक भएकाकारण स्वदेश तथा बिदेशमा रहेका आम नेपाली सहयोगी मन भएका हातहरु प्रति सहयोगको याचाना गर्दछन ।
बिरामी सुरेन्द्रको बिवाह भएको करिब २ वर्ष मात्र भएको र ९ महिनाको पहिलो सन्तानको रुपमा जन्म त भयो तर बुवाको मुहार र माया राम्रो संग देख्न नपाउने होकी पिर गाउँलेलाई । जति हुन्छ, के कती सकिन्छ सुरेन्द्रको नयाँ जीवनका लागी सहयो गर्नु पर्छ भन्ने हेतुले स्थानिय युवा लगायत आम गाउँले लागी परेका छन । उर्लाबारी कै कटहरे र सुनझोडा टोलले रु ३३ हजार रकम संकलन गरी बुझाए पश्चात केही सहजता भएको परिवारको भनाइ छ । र अन्य स्थानिय छिमेकी गाउँटोलमा रकम संकलन कार्य जारी रहेको मनसुन फोटो स्टुडीयो उर्लाबारी मंगलबारेका प्रो. राजेन्द्र धिमालले जानकारी दिए ।
थप जानकारीका लागी
बिरामीको फुपाजु कृष्णजंग धिमाल ः ९८०७३४४६९६, मामा याम बहादुर धिमाल ः ९८१०३५९८३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्