माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

<span class='c1'>माओवादी केन्द्रले सरकारलाई दिएको</span> <span class='c2'>समर्थन फिर्ता लिने</span>

काठमाडौंः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् ।

माओवादी केन्द्र भित्र सरकारबाट फिर्ता हुने विषयमा सोमबार नै निर्णय भएको माओवादी नेता मणि थापाले बताए । पार्टीको मंगलबार बसेको बैठकबाट सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

पार्टीको निर्णय सार्वजनिक गर्न दिउँसो २ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि अब एमाले अध्यक्ष ओली नेतृत्वको सरकार परिवर्तन हुने भएको छ । अन्नपुर्ण पोस्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्