प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर सरकार नछाड्ने

<span class='c1'>प्रधानमन्त्री ओलीले तत्काल राजीनामा</span> <span class='c2'>दिएर सरकार नछाड्ने</span>

काठमान्डौ असार २८ , नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ। त्यसपछि प्रधानमन्त्री ओलीको अगाडि दुई विकल्प रहनेछ। पहिलो राजीनामा  दिने र दोस्रो संसदबाट विश्वासको मत प्राप्त गर्ने।

एमाले नेताहरुका अनुसार अब ओलीले के गर्ने भन्ने बारे पार्टीले निर्णय लिएको छैन।माओवादी केन्द्रले सरकारबाट हट्ने भनी पठाएको पत्र पाएपछि प्रधानमन्त्री ओलीले सरकारको प्रतिरक्षाका लागि तयारी थालेका हुन् ।

‘प्रधानमन्त्रीले अहिले सरकार छाड्नु हुन्न’, उनका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘प्रधानमन्त्रीलई संसद्ले निर्वाचित गरेको हो, उहाँले संसद्को सामना गर्नुहुन्छ ।’प्रेस सल्लाहकार दाहालले संसद्बाट निर्वाचित भएकाले प्रमलाई संसद्ले नै हटाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्