घुस लिदालिदै गाविस सचिव समातिए

<span class='c1'>घुस लिदालिदै गाविस</span> <span class='c2'>सचिव समातिए</span>

सर्लाही-मलंगवामा घुस लिदालिदै गाविस सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

सिसौट गाविसका गाविस सचिव ५२ वर्षीय अनुपप्रसाद श्रीवास्तवलाई ११ हजार घुस सहित पक्राउ गरीएको अख्तियार दुरुयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासका प्रहरी नायव निरीक्षक सन्तोष अचार्यले बताए।

प्रहरी निरीक्षक माधव काफ्लेको नेतृत्वमा रहेका आयोगको टोलीले गाविस सचिव श्रीवास्तवलाई मलंगवा–२ स्थित उनकै घरबाट घुस लिदालिदै  पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अचार्यले बताए।

सिसौट गाविसको वडा नं. ७ र ८ को सडकमा माटो पुर्ने १ लाखको बजेटबाट गाविस सचिवले ११ हजार घुस मागेका थिए। एक लाख बजेट मध्ये ८० हजारको चेक पहिला नै दिएका थिए। बाँकी २० हजारको चेक र कार्यसम्पन्नको प्रतिवेदन बनाउन सचिवले ११ हजार उपभोक्ता समितिबाट घुस लिदालिदै पक्राउ गरीएको प्रहरी निरीक्षक माधव खनालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्