मोरङको महिला क्रिकेट टिम झापा प्रस्थान

<span class='c1'>मोरङको महिला क्रिकेट</span> <span class='c2'>टिम झापा प्रस्थान</span>

विराटनगर असार ३०,  आईसिसी महिला वर्डकप टी–२० छनौट खेल अन्तरगत झापामा हुने क्षेत्रिय महिला क्रिकेट खेल्न मोरङको महिला क्रिकेट टिम झापा प्रस्थान गरेको छ ।
विराटनगरमा एक कार्यक्रम गरी मोरङ खेलकुद विकास समितिले मोरङको महिला क्रिकेट टिम विदाई गरेको हो । खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्य लगायतले विदाई गरी सफलताको कामना दिए। नेपाली महिला अन्तराष्ट्रिय खेलाडि रश्मी शर्माको कप्तानीमा १४ खेलाडि झापा प्रस्थान गरेका छन्। अन्य खेलाडिमा शिखा श्रेष्ठ(उप–कप्तान), कृति दुलाल, प्रतिक्षा विष्ट, जुनु रिजाल, अपेक्षा सूब्बा, निमा तामाङ, नलिना साह, सिता रसाइली, रंजिता राजवंशि, रविना चौधरी, रश्चिता चुडाल र किरण दाहाल टिममा गएका छन भने प्रमुख प्रशिक्षकमा महेश रिजाल र टिम ब्यवस्थानमा पुष्प थापा रहेका छन् ।
लिगको आधारमा खेलाईने खेल विहिबारदेखि झापाको काकडभिट्टामा हुने छ । मोरङले आज पहिलो खेल नव प्रवेशी इलामसंग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्