जिल्ला शिक्षा कार्यालय मोरंगमा तोडफोड

<span class='c1'>जिल्ला शिक्षा कार्यालय</span> <span class='c2'>मोरंगमा तोडफोड</span>

विराटनगर असार ३०, विराटनगर ३ मा संचालनमा रहेको सेन्टमेरिज स्कूललाई कक्षा ८ को सञ्चालन अनुमति नदिइएको भन्दै बिहीवार शिक्षा कार्यालय पुगेको समूहले तोडफोड गरेको छ।
कक्षा ८ मा अध्ययन गरिरहेका विद्यार्थीहरुका अभिभावकसहितको टोलीले  जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालको कार्यकक्षमा तोडफोड गरेका थिए ।

अभिभावकहरुले जिल्ला शिक्षा कार्यालय मोरंगले अनुमति नदिएमा  कक्षा ८ मा अध्ययन गरीरहेका ८८ जना विद्यार्थीहरुको भविष्य चौपट हुने बताए।
जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले विद्यालयको भौतिक पूर्वाधार लगायतका आवश्यक पूर्वाधार नपुगेकाले विभागबाट नै अनुमति नदिएको जानकारी दिएका छन्  । यता विद्यालयले भने २०७२ पुष मसान्तभित्र आवश्यक कागजातहरु संलग्न गरी कक्षा ८ को संचालनका लागि अनुमतिको माग आवेदन पेश गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्