बिराटनगर असार ३१ , सनराइज बैंक र नारायणी नेशनल फाइनान्सले बिहीबारदेखि एकीकृत वित्तीय कारोबार बिराटनगरमा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका बिराटनगरका निर्देशक रामु पौडेलले उद्घाटन गरि एकीकृत कारोबार सुरु गरेका थिए । सनराइज बैंक लि र नारायणी नेशनल फाइनान्स लिको एकीकरण पछि बैंकको चुक्ता पूँजी करिब ४ अर्ब भएको छ।