विराटनगर ३० असार,
पहिलो अन्तरिक्ष यात्रा एपोलो एघारमा सहभागि सदस्य बज एल्ड्रिन नेपाल आउने भएका छन् । ४६ बर्ष अगाडी निल अल्म स्टन सँगै चन्द्रमामा पुगेका एल्ड्रिन नेपाल भ्रमणमा आउन लागेका हुन् । नासाका पुराना बैज्ञानिक एल्ड्रिन एभरेष्ट साइन्स सेन्टर नेपाल सुनसरीको निमन्त्रणमा नेपाल आउन लागेका हुन । डा.बज एल्ड्रिन सहित चार जनाको टोली सेप्टेम्बर ४ तारिकमा नेपाल आउने तय भएको एभरेष्ट साइन्स सेन्टरका सञ्चालक दिलिप अधिकारीले जानकारी दिए । चार तारिकमा नेपाल आउने एल्ड्रिनको टोलीले ६ तारिकमा एभरेष्ट साइन्स सेन्टर सितागञ्जमा हुने कार्यक्रममा सहभागि हुनेछन् । त्यस्तै ७ र ८ तारिकमा प्रज्ञा भवन कमलादी काठमाण्डौमा हुने कार्यक्रममा सहभागी हुने छन् । अधिकारीका अनुसार एल्ड्रिनको टोलीले माउन्टेन फ्लाईको माध्ययमबाट सगरमाथाको अवलोकन र बुद्धको जन्मस्थल लुम्बीनिको अवलोकन गर्नेछन् । चन्द्रममा टेक्ने एडरिन जीवित मध्येका एकमात्र हुन । सन १९६९ सालमा पहिलो पटक अन्तरिक्षमा मानिसले पाइला टेकेका थिए । १९६९ जुलाई २० तारिकका दिन निल अल्मस्टनले चन्दमामा पहिलो पटक पाइला टेकेका थिए भने त्यसको करिव ६ घण्टा पछि एल्ड्रिनले चन्दमामा पाइला टेकेका थिए । उनीहरु दुवैले करिव २ घण्टा चन्दमाको यात्रा गरेका थिए । केही बर्ष अघि निल अलमस्टनको निधन भैसकेको छ । तीन सदस्य टोली मध्ये एडरिन र अल्मस्टनले अन्तरिक्षमा पाइला टेकेका थिए । एल्ड्रिनसँगै उनका छोरा डा. एण्डीपनि नेपाल आउदैछन् । एण्ड्री मंगल ग्रहमा भविष्यमा बस्ती बसाउने कार्यक्रमका अध्यक्ष हुन । कार्यक्रममा सहभागि हुन नासाकी अध्यक्ष एलिजाबेथ लेवलेन्स, वैज्ञानिक जोसेफ लेवलेन्सपनि कार्यक्रममा सहभागि हुन नेपाल आउन तय भएको अधिकारीले बताए