टर्कीमा सैनिक ‘कू’ देशभर कर्फ्यु, फेसबुक, ट्वीटर बन्द,संसद र बिमानस्थल सेनाको कब्जामा

<span class='c1'>टर्कीमा सैनिक ‘कू’ देशभर कर्फ्यु, फेसबुक,</span> <span class='c2'>ट्वीटर बन्द,संसद र बिमानस्थल सेनाको कब्जामा</span>

स्तानबुल
टर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ ।शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरीएको छ ।  Turkey-army1-768x431

एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका छन् । साथै टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरियो ।Turkey-army2-768x432

तर, सैनिक कू मा कुन तहका सैन्य जर्नेलको सहभागिता छ भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन् । टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको र सैनिकहरुको सानो समूहले बिद्रोह गरी सैनिक कूको प्रयास गरेपछि त्यसलाई बिफल बनाउन लागिएको दावी गरेका छन् ।

सीएनएनसँग कुरा गर्दै टर्कीका राष्ट्रपतिले आफु स्तानबुल फर्किन लागेको र त्यहाँ पुगेपछि सवै कुरा नियन्त्रणमा लिने बताए । उनले प्रजातन्त्रका पक्षमा सडकमा उत्रिन टर्कीका जनतालाई आह्वानसमेत गरे ।

प्रधानमन्त्री र राष्ट्रपतिले सत्ता आफ्नो हातमै रहेको भनेपनि सडकमा तैनाथ ठूलो संख्याका सैनिकले मुख्य सामरिक स्थान नियन्त्रणमा लिएका छन् ।

संसद भवन, स्तानबुल र आंकाराका बिमानस्थल लगायतका स्थानमा नियन्त्रणमा लिएर बन्द गरिएको छ । स्तानबुल बिमानस्थलका सवै उडान रद्द गरी बिमानस्थल बन्द गरिएको छ ।

अचानकको कुको खवरले टर्कीका जनता र अन्तराष्ट्रिय समुदायसमेत अलमलमा परेको बीबीसीले जनाएको छ । स्तानबुल र अंकारामा बिष्फोटका आवाज सुनिएको र कु को बिरोधमा सडकमा उत्रिएकाहरुविरुद्ध सेनाले गोली चलाएको सामाजिक संजालमा स्थानीयवासिन्दाले खवर दिएका छन् ।

बिद्रोही सैनिकहरुको समूहको कुको बिपक्षमा रहेका सैनिक जर्नेललाई समेत नियन्त्रणमा लिएर सेनाको कमाण्ड आफ्नो हातमा लिएको बताइएको छ ।टेलिभिजनमा समाचारवाचकमार्फत् सैन्य कु भएको बक्तब्य पढ्न लगाइएको भए पनि कुन तहको सैनिक नेतृत्वले कु को नेतृत्व गरिरहेको हो भन्ने प्रष्ट हुन सकेको छैन् ।Turkey-army4-768x432अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले आगामी केही घण्टा टर्कीमा सत्ता आफ्नो नियन्त्रणमा लिन सैनिक र गैरसैनिक पक्षवीच कडा संर्घष हुनसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति बराक ओबामासहितका नेताहरुले टर्कीको प्रजातन्त्रका पक्षमा उभिन अन्ततराष्ट्रिय समुदायलाई आह्वान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्