पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको तयारी सुरु

<span class='c1'>पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय</span> <span class='c2'>खेलकुदको तयारी सुरु</span>

विराटनगर  ०१ श्रावन,
खेलकुदसँग सम्बन्धित व्यक्तिले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० आयोजना जसरी पनि सफल बनाउने बताएका छन् ।

यसै सन्दर्भमा आज यहाँ राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताले आसन्न प्रतियोगिता सफल बनाउन आफूहरु लागिपरेको बताए । राखेपका सदस्य सचिव केशवकुमार विष्टले आफूहरु नयाँ मनस्थितिका साथ तयारीमा बढेको बताउँदै सबै सङ्घसँग सहकार्य गरेर प्रतियोगितालाई समृद्ध बनाइने वाचा गर्नुभयो । उहाँले सन् २०१८ मा नेपालमा हुने १३ औँ सागका लागि भौतिक पूर्वाधार निमार्णका लागि सरकारले प्राथमिकता दिएको बताउँदै अब काम दु्रत गतिमा बढ्ने जानकारी दिनुभयो ।

राखेपका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा सम्बन्धित सङ्घलाई नै व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने बताउनुभयो । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटीले अहिले तोकिएका दुई÷तीन खेलबाहेक सबैको प्रतियोगिता गराउनका लागि पूर्वाञ्चल सक्षम रहेको जिकिर गर्नुभयो ।

सातौँ खेलकुद तयारी समिति सचिवालय प्रमुख कमल खनाल, राखेप कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापा लगायतले मुलुकमा देखापरेको प्रतिकूल परिस्थितिका कारण दुई पटक प्रतियोगिता रोकिएकाले अब नरोकिने विश्वास व्यक्त गर्र्दैै अब खेलाडीको प्रशिक्षणलाई प्रथामिकता दिनुपर्नै बताउनुभयो ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा गर्न सरकारले बजेट समेत विनियोजन गरिसकेको छ । तेह्रौँ साग नेपालले आयोजन गर्ने जिम्मेवारी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्