इडेनमा समर क्याम्प समापन

<span class='c1'>इडेनमा समर</span> <span class='c2'>क्याम्प समापन</span>

विराटनगर साउन १ 494e6f91-860d-4cf6-9d12-749b29c6bc52
आयल निगम पूर्व स्थित इडेन नेशनल बोर्डिङ स्कुलमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापका संलग्न गराई  असार २६ गते देखि चलेको समर क्याम्प हिजो समापन गरिएको छ । क्याम्पमा विद्यार्थीहरु समचार वाचन , संगीत , गायन, नृत्य जस्ता कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा गुडिया बनाउने तालिम दिईएको छ साथै किचन आइटम बनाउने  तरिका सिकाइएको छ । विद्यार्थीहरुले क्याम्पमा लालमोन  , मः मः , विभिन्न प्रकारका सलाद आइटमहरु बनाउन सिकेका छन् । विद्यार्थीलाई  किताबि ज्ञानमात्र नभएर अतिरिक्त क्रियाकलापमा बराबर ध्यान दिने यस विद्यालयले विद्यार्थीहरुलाई सिलाई बुनाई तथा घरायसी कामहरुमा सहित सिपालु बनाएको छ ।  क्याम्पमा विद्यार्थीहरुलाई पौडी खेल्न सहित सिकाइयो ।
8bb16880-581b-4ad7-83b9-1463c9af6fa4b987bd23-9418-45f0-891c-3674a7619d2e

 विद्यालय शिक्षण सिकाइ मात्र गर्ने ठाँउ नभएर विद्यार्थीको भविष्य निर्माण गर्ने आधारशिला पनि भएको हुनाले विद्यार्थीलाई सृजनात्मक र लगनशिल बनाउन यो कार्यक्रम गरेको कुरा विद्यालयका  प्रिन्सिपल सि.एम.बस्नेतले बताउनुभयो । विद्यार्थीहरु हर क्षेत्रमा उत्साहित र सृजनात्मक भएको हुँदा जस्तासुकै मुस्किल भनिने कार्यक्रम पनि सहजै गर्न सकिने कुरा प्रिन्सिल बस्नेतले बताउनुभयो । विद्यालय विदा भएको बेला पनि आफ्ना नानीहरुलाई विभिन्न सिपमुलक कार्यक्रम गरि गरि खाने शिक्षाको आधार बनेको कुरा उपस्थित अभिभावकहरुले जनाउनुभयो भने यति छोटो अवधिमा आफुहरुले धेरै ज्ञान हाँसिल गर्न सकेको हुनाले विद्यार्थीहरु पनि उत्तिकै हर्षित देखिन्थे । आफुले बनाएका गुडिया, लुगाका नमुना, घरका नमुना तथा विभिन्न सृजनाहरु विद्यालयलाई हस्तान्तरण गरेपछि विद्यार्थीले कार्यक्रमको समचार बनाई सो समचार पढेर कार्यक्रम अन्त्य भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्