लायन्स क्लब अफ विराटनगर गुराँसद्वारा पुस्तकालय स्थापना

<span class='c1'>लायन्स क्लब अफ विराटनगर</span> <span class='c2'>गुराँसद्वारा पुस्तकालय स्थापना</span>

लायन्स क्लब अफ विराटनगर गुरांसले वर्ष २०१६/१७ को आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको छ। बिराटनगर १८ जतुवा स्थित रामजानकी सेवा समिति मा क्लवले पुस्तकालय स्थापना तथा खेलकुद सामग्री वितरण गरेको हो। क्लबका अध्यक्ष लायन गंगाधर मैनालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पिडिजी लायन फुलकुमार लालवानी तथा अन्य अतिथिहरुमा लायन खेम नेपाल, ओम प्रकाश प्रसाइ ,मोहन भट्टराई ,विकास अधिकारी ,मनोज रेग्मी ,सन्तलाल यादव ,प्रदीप ठाकुर चन्द्रानन्द यादव लगायतको उपस्थिति थियो। स्थानीय आयोजक रामजानकी टोल सेवा समिति रहेको उक्त कार्यक्रममा क्लबका अध्यक्ष लायन गंगाधर मैनाली ले आफु हुर्केको ठाउँमा अरु पनि धेरै समाज सेवा का कार्यक्रम हरु गर्ने प्रतिबद्धता जनाएका छन्। सचिव दिपेन्द्र स्वर्णकार द्वारा सन्चालित उक्त कार्यक्रममा २०० थान भन्दा बढी विभिन्न उपयोगी पुस्तक , पुस्तक राख्ने सकेसम्म तथा खेलकुद सामग्री वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्