साउने मेला सुरु

<span class='c1'>साउने मेला</span> <span class='c2'>सुरु</span>

भक्तपुर- केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा ३८ दिने श्रावणी मेला शनिबार सुरु भएको छ। डोलेश्वर महादेव मन्दिरको गुरुयोजना कार्यान्वयनमा सघाउन र प्रचारप्रसार गर्ने उद्देश्यबाट समितिले बर्सेनि साउनमा मेला आयोजना गर्दै आएको छ। मेला भदौ ६ सम्म चल्नेछ। मेलाका क्रममा विभिन्न धार्मिक कार्यक्रमहरू गरिने जनाइएको छ।

मेलाको उद्घाटन शनिबार स्वामी श्री चतुर्भुजाचार्य चुडामणि महाराजले गरे। उद्घाटन क्रममा चतुर्भुजाचार्यले विकास निर्माणका काममा सरकारको मात्र मुख ताक्न नहुने र आफ्नो ठाउँको विकासमा स्थानीय पनि खट्नुपर्ने बताए।

'मन्दिरको गुरुयोजना कार्यान्वयनमा सरकारको मात्र मुख ताकेर बसेको भए आज मन्दिर अहिलेको अवस्थामा आइपुग्ने थिएन,' चतुर्भुजाचार्यले भने, 'भक्तजनको सहयोगमा नै गुरुयोजना चाँडै सम्पन्न हुनेमा म विश्वस्त छु।'

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले धर्म, संस्कृति र प्राकृतिक सम्पदा संरक्षणमा सबै लाग्न जोड दिए। मेला सुरुवात क्रममा शनिबार कलश यात्रा पनि गरियो। चन्द्रविनायक गणेश मन्दिरबाट सुरु भएको यात्रा डोलेश्वर महादेव मन्दिरसम्म पुगेको थियो। सिपाडोलका विभिन्न महिला समूहको सहभागीमा कलश यात्रा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्