संघीय गठबन्धनले सोमबार आन्दोलनको घोषणा गर्ने

<span class='c1'>संघीय गठबन्धनले सोमबार</span> <span class='c2'>आन्दोलनको घोषणा गर्ने</span>

काठमाडौँ:  मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले सोमबार आन्दोलनको घोषणा गर्ने भएको छ।

आइतबार बसेको गठबन्धनको बैठकले एक महिने रिले अनशनको समीक्षा गर्दै  सोमबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने गर्ने निर्णय गरेको हो ।

एक महिनासम्म खुला मञ्चमा रिले अनसन बस्दा समेत मागको सुनुवाई नगर्ने प्रधानमन्त्री केपी ओलीप्रति आक्रोशित गठबन्धनका नेताले ओलीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापिका संसदमा पेश गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निष्कर्ष निकालेको छ ।

यस विषयमा ठोस निर्णय गठबन्धनको सोमबारको बैठकले गर्ने बैठकपछि नेताहरुले बताएका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले आन्दोलनको उच्च मूल्यांकन भएको जानकारी दिए । ‘बैठकमा धारणा राख्ने सबै नेताहरूले अहिलेसम्म भएको आन्दोलनले गठबन्धनलाई उचाइमा पुर्याएको निष्कर्ष निकाल्दै विशेष गरेर केपी ओलीप्रति सबैको आक्रोश रहेको थियो,' झाले भने ।

थप आन्दोलनका विषयमा छलफल भए पनि गठबन्धनले सोमबारको बैठकबाट ठोस निर्णय गर्ने भएको छ । आन्दोलनको स्वरुपका विषयमा सामान्य छलफल भएको भन्दै प्रवक्ता झाले भने, ‘आन्दोलन प्रचारात्मक हुनेछन् ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्