संघीय गठबन्धनले आन्दोलनको घोषणा

संघीय गठबन्धनले आन्दोलनको घोषणा

 

काठमाडौं: मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले सोमबार आन्दोलनको घोषणा गरेको छ।उसले देशका मुख्य १० शहरमा साउन ५ गतेदेखि भाद्र २८ सम्म अन्तरक्रियासहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

गठबन्धनले साउन ५ गते काठमाण्डौ, १७ धनगढी, २२ घोराही, २५ बुटवल, ३२ हेटौडा, भाद्र ४ गते चन्द्रनिगाहपुर, ११ गते बर्दिवास, १७ गते इटहरी, २२ गते विर्तामोड र २८ गते विराटनगरमा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ।

यसका साथै ओली सरकार विरुद्ध संसद्‌मा प्रस्तुत अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गठबन्धनले गरेको छ। तर, आन्दोलनको मुद्दा सम्बोधन भए सरकारमा जान सक्ने संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्