बिराटनगर साउन ३ ,
पुर्वाञ्चल विश्वबिद्यालयमा अध्ययनरत बिएन पढिरहेका नर्सहरुले बिराटनगरको एक बृद्धआश्रम जाने बाटो मर्मत गरेका छन । बिराटनगर स्थित बिराटेश्वर बृद्धाआश्रममा बृद्धाहरुको स्वास्थ्य उपचारका लागि खटिएका उनिहरुले बृद्धाहरुलाई वर्षाका कारण हिड्न समस्या भएको हुनाले उक्त बाटो बनाउन आफ्नो श्रमदान गरेको मनिला सुवेदीले जानकारी दिइन । उक्त बाटो हिलाम्मे भएपछि बृद्धहरुलाई चहलपहल गर्न समस्या भएको थियो । बृद्धआश्रममा उनिहरु एक हप्ताको स्वास्थ्य शिविरको लागि खटिएका छन ।