काठमाडौ साउन ४, एनएमबी बैंकको एक घर एक खाता अभियान सुरु भएको छ। सबै नेपालीको बैंकमा खाता भए देश र सम्पुर्ण जनतालाई नै फाइदा हुने भएकोले अभियान सुरु गरिएको बैंकले जनाएको छ। यस अभियानले गर्दा नेपालीमा वित्तीय साक्षरताको वृद्धि हुने , बचत गर्ने बानीको बिकास हुने तथा हरेक नेपालीको वित्तीय प्रणालीमार्फत कारोबार गराउन समेत टेवा पुग्ने विश्वास बैकले लिएको छ ।