डा.केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन

<span class='c1'>डा.केसीका माग तत्काल पूरा</span> <span class='c2'>गर्न सरकारलाई निर्देशन</span>

काठमाडौं— ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको छ।

समितिको टोली त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.केसीको अवस्था बुझ्न सोमबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेको थियो। डा.केसीसँग पहिला अनसन बस्दा तीन पटक भएका सम्झौता तत्काल कार्यान्वयन गर्न र अहिले उठाएका मागलाई तत्काल सम्बोधन गर्न समितिले निर्देशन दिएको हो।

समिति सभापति सुशील श्रेष्ठ सहित ७ सांसदको टोलीले डा. केसीका माग र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। तत्काल सरकारले पहल नगरे सम्बन्धित व्यक्तिहरुलाई समितिमा बोलाएर छलफल गर्ने तथा संसदमा पनि यो विषयामा कुरा उठाउने उनले बताए।

‘उहाँले उठाएका माग जायज छन्। ती मागहरुमा सरकारले विगतमा पनि सम्झौता गरेको छ। त्यसैले यो हामी सबै नेपाली जनताको विषय हो। यसलाई हामी सेलाएर जान दिँदैनौं ’, सभापति श्रेष्ठले भने। डा.केसीले समग्र राष्ट्रका लागि माग उठाइरहेकाले ती कुरा सम्बोधन गराएर अनसन तोडाउन आफूले पहल गर्ने उनले बताए।

अनसनको  ९ औं दिन अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका सांसदहरुलाई उपस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका विद्याथीले नारा लगाएर व्यंग्य कसेका थिए। ‘सांसदको चिल्लो कार, कति गर्छौ भ्रष्ट्राचार तथा ‘सांसदज्यू ढिलो भएन’ भन्ने नारा सुनेका सांसदहरुले डा.केसीको पक्षमा उभिने प्रतिबद्धता जनाएर फर्किए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्