मेरील्याण्डका ३ विद्यार्थी बेलायत भ्रमणमा जादै

<span class='c1'>मेरील्याण्डका ३ विद्यार्थी</span> <span class='c2'>बेलायत भ्रमणमा जादै</span>

प्रेम देवान
विराटनगर ४ साउन । मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत तीन विद्यार्थी बेलायत भ्रमणमा जाने भएका छन् ।
युनिभर्सिटी अफ वोल्भरह्याम्पटन बेलयातको निमन्त्रणमा मेरिल्याण्ड कलेजका तीनजना विद्यार्थीहरु शैक्षिक भ्रमणकालागि जाने भएका हुन् । बिद्यार्थीहरु शुसान्त निरौला, मेघा जाजु र निखिल गोयल अग्रवाल बेलायत भ्रमणमा जान लागेका हुन् । यनिभर्सिटी अफ वोल्भरह्याम्पटन बेलायतको डिग्री र शैक्षिक प्रणाली भित्रियाएको मेरिल्याण्ड कलेज विराटनगरले सञ्चालन गरेको विविए पहिलो ब्याचका विद्यार्थीहरु जान लागेको कलेजले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । merylandपत्रकार सम्मेलनमा कलेजका प्रवन्ध निर्देशक भेषराज पोखरेलले बेलायत जाने विद्यार्थीहरुले १५ दिन सम्म वेलायतको विभिन्न स्थानमा हुने शैक्षिक तथा सास्कृतिक गतिविधीहरुमा सहभागि हने जानकारी दिनुभयो । उक्त भ्रमणको सम्पूर्ण खर्च कलेजको रहेको छ । भ्रमणको लागि निक्कै उत्साहित भएको बिद्यार्थी सुशान्त निरौलाले आवर बिराटनगरलाइ बताए ।
बेलायत सहित विभिन्न १५ देशका विद्यार्थी सहभागि हुने शैक्षिक भ्रमणमा मेरिल्याण्डबाट पहिलो पटक विद्यार्थीले सहभागिता जनाउन लागेका हुन । गत बर्ष नै जाने तयारीमा रहेका विद्यार्थीहरु भूकम्पका कारण एक बर्ष पछि जान लागेको पोखरेलले जानकारी दिए । सो कलेजमा विरगजं देखी ईलाम सम्म र भारतको सिलगुडी,फारविसगन्ज र पटना देखी विद्यार्थीहरु आउने गरेको कलेजको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्