डा. केसीको समर्थनमा बिराटनगरमा पनि प्रदर्शन

<span class='c1'>डा. केसीको समर्थनमा</span> <span class='c2'>बिराटनगरमा पनि प्रदर्शन</span>

बिराटनगर साउन ५ , बिगत ११ दिन देखि स्वास्थ्य क्षेत्रमा मौलाएको विकृति विरुद्ध आमरण अनसनमा बसेका डा.गोबिन्द केसीको अभियानलाई समर्थन गर्दै विराटनगरमा युवाहरुले प्रदर्शन गरेका छन् । विराटनगरको ट्राफिक चौकमा मंगलबार प्रदर्शन गरिएको छ  । प्रदर्शनमा आएकाहरुले डा केसीले उठाएका माग पूरा गर, स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर जस्ता नारा लेखिएको प्ले कार्ड र हातमा कालो पट्टी बाधेका थिए । डा केसीको माग पूरा नहुञ्जेल विराटनगरमा हरेक दिन प्रदर्शन गर्ने अभियानकर्मी उत्तम ढुंगेलले बताएका chhan । चिकित्सा क्षेत्रमा देखिएको विकृतिको विरुद्ध केसी आठौ पटक अनसनमा बसेका हुन् । उनको स्वास्थ्इ अवस्था निकै कमजोर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्