मोरङ साउन ६ , मोरङका तीन नगरपालिकामा सरकारले घोषणा गरेको सडक बत्तीको योजनाको बजेट फ्रिज भएको छ । मोरङका बेलबारी नगरपालिकाको ११ लाख ३८ हजार , सुन्दरदुलारीको २३ लाख ७५ हजार र कोशी हरैचाको ४६ लाख ५० हजार रुपैयाँको बजेट योजना कार्यान्वयनको अभावमा फ्रिज भएको हो । बजेट आउन ढिला भएको हुनाले काम गर्ने समय कम भएकाले यस्तो अवस्था आएको तीनै नगरपालिकाले जनाएका छन ।