जलवायु सम्बन्धी अध्ययन गर्न बन्यो समिति

<span class='c1'>जलवायु सम्बन्धी अध्ययन</span> <span class='c2'>गर्न बन्यो समिति</span>

काठमाडौं- जलवायुसम्बन्धी अध्ययन गर्न पशुपन्छी विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ। मुख्यसचिव सोमलाल सुवेदीको अध्यक्षतामा बुधबार विभिन्न मन्त्रालयका सचिव, सहसचिवको सहभागितामा भएको बैठकले समिति गठन गरेको हो। समितिको सदस्यमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, सहसचिव रामप्रसाद लम्साल, राष्ट्रिय योजना आयोगका सहसचिव गोपीनाथ मैनाली छन्। नवगठित समितिले नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि–सम्झौता तथा समझदारी कार्यान्वयन गर्ने बताइएको छ।

बैठकले जलवायु परिवर्तन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। केन्द्रको सांगठनिक स्वरुपसमेत अध्ययन गर्न समिति बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहायक प्रवक्ता विष्णुहरि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्