सप्तकोसी नदीमा पानीको बहाव बढ्न थाल्यो

<span class='c1'>सप्तकोसी नदीमा पानीको</span> <span class='c2'>बहाव बढ्न थाल्यो</span>

बिराटनगर साउन ६ , पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा पानीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् । आज बिहान ७ बजेको समयमा कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन भएको छ । कोसी नदीमा बाढीको बहाव हिजो साँझदेखि नै निरन्तर बढिरहेकाले अहिले बिहान ब्यारेजका २५ वटा ढोका खोलिएको छ ।सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी बाढीको बहावका विषयमा जानकारी दिदै पहाडी क्षेत्रमा बर्षा रातभर जारी रहेकाले अझै सप्तकोसीमा बाढीको बहाव बढ्नसक्ने अनुमान गरिएको कोसी ब्यारेज क्षेत्रमा रहेको प्रहरीले जानकारी दिएको बताए ।यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी २ लाख ३५ हजार क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन भएको र त्यसदिन ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्