लगातारको वर्षाले विराटनगट–११ स्थित सुकुम्बासी बस्ती डुबानमा

लगातारको वर्षाले विराटनगट–११ स्थित सुकुम्बासी बस्ती डुबानमा

बिराटनगर साउन ७ , लगातारको वर्षाले मोरङको विराटनगट–११ स्थित सुकुम्बासी बस्ती डुबानमा परेको हो । वर्षातको पानी घरमा छिरेपछि उक्त स्थानमा रहेको एघार घर बस्न नमिल्ने भएको छ । ती घरका परिवारहरु अत्यावश्यक सामानसहित आफन्तको घरमा शरण लिन पुगेका छन । त्यस्तै सुनसरीको बुढी खोलामा आएको बाढीले दुहवी–७ स्थित खोला किनारमा रहेको मेहतर बस्ती बगाएको छ । बाढीले उक्त स्थानमा रहेको सात घर कटान गरेको हो । ती घरहरुमा बसोबास गर्ने परिवारहरुलाई सुरक्षित स्थानाम स्थानान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्