किरात समुदायको स्मशानघाट  नहटाउन आग्रह

किरात समुदायको स्मशानघाट  नहटाउन आग्रह

प्रेम देवान
विराटनगर, ७ साउन
किराती धर्मालम्वीहरुले प्रयोग गर्दै आएको विराटनगर – ७ केशलिया खोलामा रहेको स्मशानघाटलाई तत्काल  नहटाउन सम्बन्धीत पक्षले माग गरेका छन् । साथै उत्त स्थानमा   फोहोर ब्यावस्थापन गर्दै आएका कारण आफूहरुको पुर्खौली जनम देखी उपभोग गर्दै आएको स्थानलाई नमास्न उनीहरुले माग गरेका छन् ।

नेपाल आदिवासी जनजाती महासघ नगर समन्वय परिषद विराटनगरले आज विराटनगरमा आयोजना गरेको शम्सानघाट संरक्षण एक अन्र्तक्रियात्मक कार्यक्रममा उनीहरुले सो माग गरेका हुन् ।  मलामी घर तथा लाश जलाउने चदाल निर्माण गरीसकिएको भएपनि फोहोर ब्यवस्थापनका नाममा श्मशानघाटमा क्षति पुर्याउने काम भइरहेको भन्दै त्यसलाई रोक्न विराटनगर उपमहानगरपालिका र सरोकारवालाहरुसंग माग गरेका हुन ।

करिव दुई विगाहा क्षेत्रफलमा रहेको चिहानमा निर्माण गरेका तीन जनाको चिहान समेत भत्काएर फोहोर फाल्ने गरेको उनीहरुको भनाई छ ।

विराटनगर उपमहानगरपालिकासंग सम्झौता भएको वेस्ट मेनेजमेन्ट प्रालीले फोहोर ल्याएर चिहान पुर्ने, चिहान भत्काउने कार्य गरिरहेकोले तत्काल त्यो काम बन्द गरेर चिहान सरसफाई गर्ने तथा चिहान निर्माण गर्नुपर्ने नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद विराटनगरका अध्यक्ष सुरेस सिह गनगाईले बताउनुभयो । यसैविच कार्यक्रममा आदिवासी अगुवा विवी थुलुङले आफुहरुका सात बुदे माग  पुरा गर्न सरोकारवालासंग आग्रह गर्दै माग पुरा नभए कडा आन्दोलनमा समेत जाने जानकारी दिनुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाती महांसघ जिल्ला कार्य समिती मोरङका अध्यक्ष मिलन कुमार राई, भुपेन्द्र देवान, नारायण याक्शो, देवराज चौधरी, आशकुमार राई लगायतले  किराती तथा आदिवासीहरुको चिहान नहटाउन आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्