कट्टेलको एकल गजल वाचन

कट्टेलको एकल गजल वाचन

प्रेम देवान

विराटनगर, ७ साउन
चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरको मासिक साहित्यिक शृंखलाअन्तर्गत आज गजलकार हरि कट्टेलको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानले गत वैशाखदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । दुई दशकभन्दा लामो समयदेखि नेपाली कविता, गजल, मुक्तकलगायतका विधामा सक्रिय कट्टेलले विभिन्न विषयवस्तुमा लेखिएका ८ वटा गजल प्रस्तुत गर्नुभएको थियो । उहाँले कार्यक्रममा गजलहरु लयमा समेत प्रस्तुत गर्नुभएको थियो । सर्जकहरुलाई मञ्च प्रदान गर्न प्रतिष्ठानले मासिक रुपमा साहित्यिक शृंखला सञ्चालन गरेको अध्यक्ष गंगा सुवेदीले बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष ताराबहादुर बुढाथोकी, नेपाली लेखक संघ मोरङका सचिव मीनकुमार नवोदितलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा प्रतिष्ठानका तर्फबाट कट्टेललाई अविर, माला र खादा लगाएर अध्यक्ष सुवेदी र प्राज्ञ सुवेदीले सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्