विराटनगर साउन ९ , लगातारको वर्षाले बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको हो। बाढीले सडक बगाएपछि आइतवार विहानैदेखि रंगेली-उर्लावारी सडक खण्ड अवरुद्ध भएको हो। अहिले स्थानीयबासीको सहयोगमा बाँसको पुल बनाएर पैदल यात्री, साइकलसम्मको आवागमन सुचारु गरिएको छ। अन्य ठुला सवारीसाधन चल्न सक्ने अवस्था भने छैन ।