अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने बिनोद पक्राउ

<span class='c1'>अष्ट्रेलिया पठाइदिने भन्दै ठगी</span> <span class='c2'>गर्ने बिनोद पक्राउ</span>

काठमाडौं– अष्ट्रेलियामा रोजगारीको लागि पठाइदिने भनी करिब ५ लाख रुपैयाँ ठगी गर्ने काठमाडौं बालाजु बस्ने एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट काउली–१ घर भई काठमाडौंमा युरो फाउण्डेशन कन्सल्टेन्सीका संचालक २८ वर्षीय बिनोद अधिकारी रहेका छन्।

उनलाई बुधबार महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

नुवाकोट काउली गाविस–१ का रामजी अधिकारी, बिनोद अधिकारी र तेह्रथुम सुडाप–४ का आङखेवा लिम्बुले म्याग्दीका बिष्णु मल्लसमेतलाई अष्ट्रेलीया पठाई रोजगारीसमेत लगाइदिने भनी ५ लाख ८० हजार रुपैयाँ लिएकोमा रोजगारीमा नपठाई सम्पर्कविहिन भएपछि पीडितहरुको निवेदनका आधारमा उनलाई बालाजुबाट पक्राउ गरिएको जनाएको छ।

कन्सलटेन्सीले गैह्रकानुनी रुपले मानिस अष्ट्रेलियामा पठाई कार्गोमा लोडअनलोडको जागिर लगाइदिने भनी पठाउने गरेको अनुसन्धानबाट खुलेको जनाएको छ।

विनोद अधिकारीले मोहन कार्कीबाट ४ लाख, कृष्णा लामिछानेबाट ५ लाख, राजन गौतमबाट ३ लाख, दिपक पन्तबाट १ लाख ५० हजार तथा राजन महर्जन, घनश्याम सापकोटा समेतबाट रकम लिई प्रतिव्यक्ति ८ लाख लाग्ने भनी रकम लिएको देखिएको, संचालकमध्ये रामजी दुवई तथा आङखेवा मलेशियामा र बिनोदले कन्सलटेन्सीमा काम गरी रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

अभियुक्त बिनोदलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्