“कुनै काम ठुलो सानो नसोच्नुहोस” – रिमा श्रेष्ठ

“कुनै काम ठुलो सानो नसोच्नुहोस” – रिमा श्रेष्ठ

बिराटनगर साउन १४, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे " कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित होटल नमस्कार कि निर्देशक रिमा श्रेष्ठसंग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा श्रेष्ठले युवाहरुलाई कुनै काम ठुलो सानो नहुने , काम गरेपछि त्यसलाई उत्कृष्ट बनाएर छाड्नुपर्ने बताईन । उनले सुरुवाती दिनमा गरेको संघर्षका बारे पनि बताएकी थिईन । बिराटनगरमा नै कुनै कार्यक्रम गर्न खोज्दा धेरैले सकिदैन , हुदैन भनेपनि हिम्मत नहारी काम गर्दा धेरै नौला र सफल कार्यक्रम गर्न सफल भएको पनि बताईन । बिकल्प एन अल्ट्रनेटिब , मकालु टिभी, मेरिल्याण्ड कलेज बिराटनगर (बिबिए) र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यस कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्