विराट फुटसल कपमय बिराटनगर

<span class='c1'>विराट फुटसल</span> <span class='c2'>कपमय बिराटनगर</span>

बिराटनगर साउन १८ , बिराटनगर अहिले फुटसलमय भएको छ । आवर बिराटनगर डट नेट र हिट एण्ड ह्याङआउट फुटसलको संयुक्त आयोजनामा हुन लागेको "विराट फुटसल कप" का लागि बिराटनगरका फुटसल खेलाडीअरु जमेर अभ्यासमा व्यस्त छन । यता आयोजक पनि प्रतियोगितालाई पुर्वाञ्चल कै भव्य फुटसल कप बनाउन दिनरात नभनी खटिएको छ । विराटनगरमा पहिलोपटक हुन लागेको विराट फुटसल कपमा कुल १६ टिमले सहभागीता जनाउने आयोजक सरोज लम्सालले बताए । यसपटकको टिम रेजिस्ट्रेशनमा ठुला बिजनेस हाउस देखि बैंकहरुले सहभागिता जनाएको लम्साल बताउँछन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैया र दोस्रो हुनेलाई १० हजार रुपैया दिइनेछ । आगामी साउन २८ गतेदेखि हिट एण्ड ह्ययङआउट फुटसलमा हुने उक्त प्रतियोगिताक‍ो प्रचारप्रसार बिराटनगरमा तिब्र पारिएको छ । थप केही टिमको लागि स्थान रहेको हुनाले टिम रेजिश्ट्रेसन अझै खुला रहेको लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्