लाइन्स क्लब अफ बिराटनगर इक्ज्युकेटिभले रक्तदान कार्यक्रम सम्पन्न

<span class='c1'>लाइन्स क्लब अफ बिराटनगर</span> <span class='c2'>इक्ज्युकेटिभले रक्तदान कार्यक्रम सम्पन्न</span>

13923564_1032331903480921_2145655603658428047_oविराटनगर, १९ साउन
विराटनगर रक्त सञ्चार गृहमा रगतको अभाव देखिए पछि मानविय सामाजिक कार्य पुरा गर्न लाइन्स क्लब अफ बिराटनगर इक्ज्युकेटिभले रक्तदान जिवनदान कार्यक्रम सम्पन्न गरेको छ । पुर्बको स्वास्थहबका रुपमा बिकसीत हुदै गएको बिराटनगर शहरमा धेरै अस्पतालहरु छन् । दिनहुं बिरामीहरुको चाप बढदै गएको छ । तसर्थ यसको सेरोफेरो लगायत बिराटनगरमा दैनिक सयौ पिन्ट रगत आबश्यक पर्ने गर्दछ ।

दर्जनौ किल्निक, नर्सिगंहोम, अस्पताल रहेको बिराटनगरमा धेरै प्रिन्ट रगत आबश्यक परेको हुनाले हामीले यस्ता रक्तदान कार्यक्रम सन्चालन गरेको इक्ज्युकेटिभका अध्यक्ष लाइन रानु गोयलले बताउनु भयो । ब्लड बैक रक्तसंञ्चार गृहले ब्लड सकिएको माइकिङबाट नगरबासीहरुलाई अपिल गरेको हुनाले यो मानवीय प्रकियालाई पुरा गर्न हाम्रो दायित्व हुन आएकोले ब्लड डोनेसन कार्यक्रम राखिएको सेक्रेटरी लाइन सि.ए. पियुस लोनियाले बताउनु भयो ।

यो कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले डोनेसन गरेका छन् । यस क्रममा पचास पिन्ट भन्दा बढी रगत संकलन गरेको सेके्रटरी सिए पियुस लोनियाले जानकारी दिनु भयो । समाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कामहरु हामी युवााहरुद्धारा सामाजिक प्रमुख दायित्व नै पहिलो प्राथमिकता रहेको लाइन सेके्रटरी सिए पियुस लोनियाले बताउनु भयो ।

हामीले रगत दिएर आफु अरुमाथि निर्भर भएर भन्दा पनि अरुलाई सहयोग गर्ने बानी बसाल्नु पर्ने जिवन शैलि अपनाउनु पर्ने, रगत सबैको रातो हुन्छ रगत भनेको रातो सुन र बिश्वको एक कुना रहेको मान्छेले अर्को कुनामा बिरामी भएर छटपटाइरहेको बिरामीहरुलाई जिवनदान दिन्छ यही मुल मर्मलाई लिएर लाइन्स क्लबले आफनो बिबिध कार्यक्रम अनुसार नै कार्यक्रम हुने गरेको थर्ड भ्वाईस प्रेसिडेन्ट लाइन सुरज श्रेष्ठले बताउनु भयो ।13925585_1032331800147598_2650897920154404006_o

कार्यक्रममा लाईन सिए संजय बंशल, पंकज अग्रवाल, राहुल सिंह, अंकुर गोयल, सिए पियुस लोनिया लगायतले ब्लड डोनेस गर्नुका साथै कार्यक्रममा आफनो कुरा समेत राख्नु भएको थियो भने यस ब्लड डोनेसनका कार्यक्रम संयोजक लाइन जितेन्द्र अग्रवालले पुरै कार्यक्रमको संयोजक गर्नु भएको थियो भने यस लाइन्स क्लब अफ बिराटनगर इक्ज्युकेटिभले शिक्षा दर्पण कार्यक्रम अन्र्तगत पौढ शिक्षा कार्यक्रम समेत बिभिन्न गाबिसमा सन्चालन गरीरहेको संयोजक अग्रवालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्