बिराटनगर साउन २१ , बिराटनगर बजारमा बिहिवार तपाईंहरुले पनि हामीले जस्तै एक युवालाई हातमा प्लेकार्ड लिएर घुमिरहेको देख्नुभयो होला । उनि हुन धरानका बाशु चालिसे नाम गरेका युवा । उनि डा. गोविन्द केसीको मागहरु सरकारले पुरा गर भन्ने संदेश दिन संदेश दिन हिडेको हुन । प्लेकार्डमा विभिन्न भ्रष्टाचार बिरोधी नाराहरु लिएर उनि चर्को घाममा विभिन्न ठाउँ एक्लै घुमिरहेका छन । भ्रष्टाचारलाई अन्तय गर्न सबै नागरिक पनि लाग्नुपर्ने उनको धारणा छ ।