बिराटनगरमा तिजको अवसरमा तिज तारा २०७३ हुने

<span class='c1'>बिराटनगरमा तिजको अवसरमा तिज</span> <span class='c2'>तारा २०७३ हुने</span>

बिराटनगर साउन २१ , संस्था नेपालको आयोजनामा नारीको महान चाड तिजको अवसरमा पुर्वाञ्चल तिज तारा २०७३ हुने भएको छ । बिराटनगर स्थित जुनजेली बुटिकको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा बिवाहित नारीहरुले समुहमा नृत्य गर्नुपर्ने छ । बिवाहित महिलहरुको लुकेको बसेको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिता आयोजना गरिएको जनसम्पर्क प्रमुख सुनिता उप्रेतीले बताउनुभयो । भदौ ४ गते उक्त प्रतियोगिताको अडिसन हुने र त्यसपछि विभिन्न प्रशिक्षण पछि भदौ ११ गते स्थानीय बिरेन्द्र सभा गृहमा फाइनल सम्पन्न हुने उप्रेतीले बताउनुभयो । प्रतियोगितामा प्रथम , दोस्रो ,तेस्रो हुने समुहलाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको अाबेदन फारम जुनजेली बुटिक र मकालु टेलिभिजनमा पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्